व्यास ८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास ८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–८ स्थित दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले वैशाख ३१ गते गरिएको मतदान प्रक्रिया रद्ध गरी पुनः मतदान गर्ने निर्णय गरेको हो ।

    मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जेठ ४ गते दुई वटा मतदान केन्द्रमा पुनः मतदान गरिने जानकारी दिए । उक्त मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै व्यास नगरपालिकाको मतगणना कार्य अगाडी बढाउने आयोगले निर्णय गरेको छ ।

    गाविस भवन फेदी मतदान केन्द्रमा व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते जोशीको हाल काठमाडौस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

    No description available.