म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार ६ सय ६१ मत प्राप्त गरी अधिकारी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेले ३८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।
यसैगरी खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, नेकपा एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा नेपाली काङ्ग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भएका छन् ।
२०७४ काे निर्वाचनमा याे वडा नेपाली काङ्ग्रेसले जितेकाे थियाे ।