ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकामा बाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । एक हजार ३९ मत गणना गर्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन् ।
बाम गठबन्धनका तर्फबाट अध्यक्षमा एमाले उम्मेदवार हरिराज कंडेलले ३३९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा माओवादीका मधु थापाले ४१८ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले ३२९ र उपाध्यक्ष उम्मेदवार गिनुमाया थापाले ४१३ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र अध्यक्ष उम्मेदवार श्रीराम आलेले १९४ मत प्राप्त गरेका छन् ।