दमाैली । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले निर्धक्क भएर जेठ ४ गते मतदान गर्न आह्वान गरेका छन् । शुक्रबार व्यास नगरपालिका–८ स्थित गाविस भवन फेदीमा आक्रमणमा परेर घाइते जोशीले अस्पतालको शय्याबाट सम्पूर्ण मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आफुले चाहेको जनप्रतिनिधिलाई भोट हालेर जिताउन पाउने हो । आफ्नो अमूल्य मतको सदुपयोग गर्नु होला ।’
जोशीले आफ्नो स्वास्थ्यमा सुधार आएको र खतरामुक्त रहेको बताएका छन् ।