आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिलन भुजेल चार सय ३३ मत प्राप्त गरी विजयी भएकी छन् ।
प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रबहादुर मगरले दुई सय १९ र नेकपा एमालेका वृषबहादुर गुरुङले एक सय ७६ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा मिनशोभा गुरुङले चार सय ३९, दलित महिला सदस्यमा मनमाया कामीले चार सय २५, खुल्ला सदस्यमा नेत्र गुरुङले चार सय २१ र प्रेमबहादुर गुरुङले तीन सय ९९ मत प्राप्त गरेका छन् ।