एमालेले देवघाट गुमायो, म्याग्दे खोस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेले देवघाट गुमायो, म्याग्दे खोस्यो

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७९, सोमबार

    दमाैली । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा जित हासिल गर्यो । उपाध्यक्षमा भने नेपाली काङ्ग्रेसले एक मतले हार बेहोरेको थियो ।

    एमालेबाट देवघाटको अध्यक्षमा दुर्गबहादुर थापा विजयी भएका थिए । यसपटकको निर्वाचनमा भने दुर्गबहादुर थापा काङ्ग्रेसका तिलबहादुर थापासँग अध्यक्षमा पराजित भए । नेकपा माओवादीसँगको गठबन्धनबाट उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ विजयी भए ।

    म्याग्दे गाउँपालिकामा अघिल्लो निर्वाचनमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेसका मायादेवी रानासँग पराजित भएका थिए । यसपटक भने श्रेष्ठले रानालाई नै पराजित गरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । अघिल्लो पटक उपाध्यक्षमा जितेका बालकृष्ण घिमिरे काङ्ग्रेसबाट यसपटक पनि उपाध्यक्षमा दोहोरिएका छन् ।

    दुवै पालिकामा पुरानै नेतृत्व दोहोरिँदा दुवै जना पराजित हुन पुगेका छन् ।