आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन् ।
अध्यक्ष चुमान तीन हजार नौ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे ।
उपाध्यक्षमा अर्याल दुई हजार आठ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पवित्रा गौलीले दुई हजार एक सय ८३ मत प्राप्त गरे ।
छ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली काङ्ग्रेसले दुई र नेकपा (एमाले) ले एक वडा जितेको छ ।
माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।