ऋषिङ । ऋषिङ गाउँपालिकामा एक हजार दुई सय २५ मत मात्र गन्न बाँकी हुँदा रोचक प्रतिस्पर्धा देखिएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र स्वतन्त्रबाट चुनाव लडेका उम्मेदवारहरुको भविष्य अब यही मतले गर्नेछ ।
८ वडा रहेको यस गाउँपालिकामा हालसम्म ७ वटा वडाको मतगणना सकिएको छ । अब ८ को मतगणना गर्न बाँकी छ ।
सात वटाको मतगणना सकिँदा काङ्ग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले तीन हजार तीन, नेकपा एमालेका हरिराज कंडेलले दुई हजार चार सय ६८ र स्वतन्त्र उम्मेदवार श्रीराम आलेले दुई हजार पाँच सय ७४ मत प्राप्त गरेका छन् ।
गणना सकिएका सात वडामध्ये वडा नम्बर १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अन्य वडाहरुमा भने नेपाली काङ्ग्रेसले जित निकालेको छ ।
गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार आलेले वडा नम्बर ६ र ७ बाट अत्याधिक मत प्राप्त गरेका छन् । उनले वडा नम्बर ६ मा सात सय ३९ मत पाउँदा काङ्ग्रेसका श्रेष्ठले एक सय ६३ र एमालेका कंडेलले एक सय ७६ मत प्राप्त गरे । त्यस्तै वडा नम्बर ७ मा आलेले सात सय २३ मत पाउँदा श्रेष्ठले एक सय ३५ र कंडेलले ७३ मत प्राप्त गरे ।
वडा नम्बर ८ मा आलेले कति ल्याउँछन् त्यही मतले उनको भविष्य निर्धारण गर्नेछ ।