दमाैली । व्यास नगरपालिका–८ रिस्तीमा बुधबार भएको पुनः मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो ।
रिस्ती गाविस भवन फेदी (क) र (ख) मा भएको मतदानका क्रममा नौ सय ९५ मत खसेको मतदान अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए।
(क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका थिए । गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा नौ सय २२ मत खसेको थियो ।
स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको पुनः मतदान भएको हो ।