दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–१२ मा नेकपा एमालेले प्यानलै विजयी भएको छ । बुधबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा ईन्द्र गुरुङ नेतृत्वको प्यानल विजय भएको हो ।
दुई हजार ९२ मत गणना हुदाँ एमालेका गुरुङले ७५७ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका मनराज गुरुङले ७४८ मत प्राप्त गरे । गत स्थानीय निर्वाचनमा एमालेलाई हराउदै वडाध्यक्षमा निर्वाचित भएका मनराज यसपटक एमालेका ईन्द्रसंग ९ मतान्तरले पराजित भएका छन् । अघिल्लो पटक गण्डकी प्रदेशकै कान्छा वडाध्यक्ष मनराज यसपालि दोहोरिन पाएनन् ।
खुल्ला महिला वडा सदस्यमा एमालेकी ठुलमाय गुरुङले ७७४, दलित महिला सदस्य सरिता राई विकले ७८५, खुल्ला सदस्यमा चेतबहादुर गुरुङ र मनबहादुर कँुवरले क्रमशः ७५६ र ७३७ मत प्राप्त विजयी भएका छन् ।