लायन्स क्बल अफ तनहुँ खैरेनीटारको अध्यक्षमा पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्बल अफ तनहुँ खैरेनीटारको अध्यक्षमा पोखरेल

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०७९, शनिबार

    दुलेगौँडा : लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा नारायण पोखरेल चयन भएका छन् । शनिबार भएको चौथो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
    प्रथम उपाध्यक्षमा प्रमोद लामिछाने, द्धित्तिय उपाध्यक्षमा श्रीराम सुवेदी, तृतिय उपाध्यक्षमा महेश्वर बस्नेत चयन भएका छन् । सचिवमा सुरेन्द्र श्रेष्ठ, सहसचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा शेषकान्त पौडेल र सहकोषाध्यक्षमा बलबहादुर श्रेष्ठ चयन भएका छन् । बाँकी पदाधिकारी पहिलो बैठकबाट चयन गरिनेछ ।

    क्लबले ‘मानवताका लागि परिवर्तन’ नारामा केन्द्रित भएर बर्षभर सामाजिक काम गर्ने अध्यक्ष पोखरेलले बताए । लायन्स क्बल अफ तनहुँ खैरेनीटार शुक्लागण्डकीमा क्रियाशिल मानविय सेवामा सर्मपित संस्था हो ।