विजयी सभामा पाैडेलले भने, ‘जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुहाेला’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विजयी सभामा पाैडेलले भने, ‘जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुहाेला’

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्।

    तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेपछि साेमबार आयोजित विजयसभालाई सम्बोधन गर्दै उहाँले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताए ।

    जनताको विश्वासमाथि तुषारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गरे । उनले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भने, “नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ ।”

    जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताए । राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान कांग्रेसको मूल ध्येय रहेको उनकाे भनाइ थियो ।

    देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उनले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए।

    कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । व्यासका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताए ।