म्याग्दे । म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाले म्याग्देको समृद्धि अभियानमा क्रियाशील रहने बताएकी छन् । रानाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै म्याग्देको समृद्धि अभियानमा सदैव सँगसँगै रहने प्रतिबद्धता व्यक्त गरेकी हुन् । रानाले बॉकी जीवन सामाजिक सेवामै समपर्ण गर्ने बताइन् ।
उनले भनेकी छन्, ‘नयाँ एवम् ताजा जनादेश प्राप्त जनप्रतिनिधिहरुलाई कार्य सफलताको शुभेच्छा सहित हार्दिक बधाई दिन चाहन्छु । कार्य सम्पादन क्रममा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु । म्याग्देवासीहरुको समृद्धिको अभियानमा म यहाँहरु सँगसँगै रहनेछु र बाँकी जीवन सामाजिक सेवामै सर्मपित गर्ने प्रण गर्दछु । मेरो नेतृत्वको पाँच वर्षे कार्यकाललाई सफल तुल्याउनको निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी तथा सम्पूर्ण म्याग्दे वासीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।’
आदरणीय म्याग्दे वासी दाजुभाई तथा दिदीबहिनीहरु,
हार्दिक नमस्कार !
मुलुकको लोकतान्त्रिक अभ्यासको क्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँहरुको अभिमतबाट मेरो नेतृत्वमा म्याग्दे गाउँपालिकाको स्थानीय सरकार सञ्चालनको अभिभारा प्राप्त भएको थियो । हामी निर्वाचित हुँदा स्थानीय तहमा जनप्रतिनिधिहरु रिक्त रहेको, २० वर्षपछि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुबाट स्वभाविक रुपमा यहाँहरुको अपेक्षाहरु निकै थिए । मुलुकको नयाँ संरचना संघीयता भित्र हामीले जानी नजानी काम प्रारम्भ ग¥यौँ । ऐन,नियमको निर्माणको थालनी विकास निर्माण तथा सेवा प्रवाहका क्षेत्रमा सकेसम्म परिणाममुखी काम गर्ने प्रयत्न ग¥यौँ । हामी नयाँ थियौँ, काम पनि नयाँ थिए, संघीय संरचना भित्रको अभ्यास पहिलो थियो । यसैले काम गर्ने अनि सिक्ने, सिकेको कुरा प्रयोग गर्ने हाम्रो बाध्यता थियो । यसरी काम गर्नुपर्ने स्थितिमा यहाँहरु सबैको अपेक्षा पूरा गर्न पक्कै पनि हामी समर्थ भएनौँ भन्ने लागेको छ । यद्यपि हामीले असल कामको थालनीको प्रयत्न गरेका थियौँ । जनजनमा हाम्रो कामको मुल्यांकन हुने नै छ । काम गर्दा केही असहज अवस्था पनि आयो होला । यस अवस्थामा हाम्रो कमि कमजोरीलाई पनि सल्लाह र सुझाव दिई अग्रसर हुनको लागि सहज वातावरण सृजना गरी सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
गाउँपालिकालाई समृद्ध बनाउने हामी सबै म्याग्दे वासीको उद्देश्य हो । हामी त्यसमा कति सफल भयौ, भएनौ समयक्रममा त्यसको समीक्षा हुने नै छ । हामीले थालनी गरेका विकास निर्माणका कामहरु म्याग्देवासीलाई गरेका सेवा प्रवाह, अधुरा कार्यहरु, ऐन, नियमको निर्माण पर्याप्त छैनन् । अधुरो र अपूर्ण रहेका केही कामहरु नव निर्वाचित जनप्रतिनिधिसाथीहरुले पक्कै पनि पूर्णता दिने विश्वस व्यक्त गर्दछु । “स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार ः कृषि, पर्यटन र पूर्वाधार” भन्ने नारालाई आत्मासाथ गरी म्याग्दे निर्माणको लागि ईमान्दार प्रयत्न ग¥यौँ । मेरो नेतृत्वलाई जनप्रतिनिधिज्यूहरुले, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रसेवक कर्मचारीहरु, राजनैतिकदलहरु तथा म्याग्देका आम जनसमुदायहरुबाट प्राप्त माया, ममता र सहयोग भएर नै सफलतापूर्वक पदावधि सम्पन्न हुन सकेको अनुभूति गरेको छु । यहाँहरु सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
अन्त्यमा, नयाँ एवम् ताजा जनादेश प्राप्त जनप्रतिनिधिहरुलाई कार्य सफलताको शुभेच्छा सहित हार्दिक बधाई दिन चाहन्छु । कार्य सम्पादन क्रममा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु । म्याग्देवासीहरुको समृद्धिको अभियानमा म यहाँहरु सँगसँगै रहनेछु र बाँकी जीवन सामाजिक सेवामै सर्मपित गर्ने प्रण गर्दछु । मेरो नेतृत्वको पाँच वर्षे कार्यकाललाई सफल तुल्याउनको निम्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी तथा सम्पूर्ण म्याग्दे वासीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।
धन्यवाद !