व्यासमा फेरि मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा फेरि मतगणना गर्ने मागको रिटमा कारण देखाउ आदेश

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७९, शुक्रबार

    पोखरा । तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न माग राख्दै मेयरका पराजित उम्मेदवार दीपकराज जोशीले हालेको रिटमा उच्च अदालत पोखराले प्रतिवादीहरुसँग कारण मागेको छ ।

    उच्च अदालतले पोखराले शुक्रबार रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुलाई आदेश दिएको हो ।

    No photo description available.

    व्यास नगरपालिकाको मेयरमा जोशी नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतले पराजित भएका थिए । न्यौपानेको १२ हजार ७८ मत आउँदा जोशीको ११ हजार ८२६ मत आएको थियो ।

    जोशीले यसअघिको मतगणना बदर गरी दोहोर्याएर मतगणना गरिपाउँ भन्दै उच्च अदालतमा आयोग, न्यौपानेसहित ५ जनालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।