आँबुखैरेनीबाट साढे सात किलो गाजा सहित दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीबाट साढे सात किलो गाजा सहित दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट आज साढे सात किलो गाजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय विशाल सुनार र वालिङ नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    काठमाडौबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६०१९ नम्बरको बस चेकजाँच गर्ने क्रममा निजहरुलाई गाजा सहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

    प्रहरीले निजहरुको साथबाट सात किलो पाँच सय ग्राम गाजा बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।