व्यासका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७९, बुधबार

    दमौली । व्यास नगरपालिकाभित्रका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण गरिने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले नगर क्षेत्रभित्रका सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन लागिएको हो ।

    सामुदायिक कुकुर नियन्त्रण र रेबिज रोग नियन्त्रणका लागि जेठ २० र २१ गते खोप एवं बन्ध्याकरण गर्न लागिएको केन्द्रले जनाएको छ ।

    केन्द्रले समय-समयमा बन्ध्याकरण र रेबिज खोप अभियान सञ्चालन गरिरहेको छ।