भन्सार आसपास चितुवा देखियो, सतर्क रहन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भन्सार आसपास चितुवा देखियो, सतर्क रहन आग्रह

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७९, बुधबार

    दमाैली । तनहुँको भानु नगरपालिका–१ भन्सार आसपास चितुवा देखिन थालेको छ । मङ्गलबार भन्सार हुँदै वेशीशहर जाँदै गरेका सर्वसाधारणले भन्सारमा चितुवा देखेका हुन् । रातिको ९ बजेको समयमा भन्सारमा चितुवा देखेपछि सर्वसाधारणले भिडिओ समेत कैद गरी सामाजिक सञ्जालमा राखेका छन् ।

    पछिल्लो केही वर्ष यता भानुमा चितुवाको आतङ्क बढी छ । चितुवाको आक्रमणबाट भानुका बालबालिकाले ज्यान गुमाएका छन् ।

    डिभिजन वन कार्यालय तनहुँले अहिले चितुवाले बच्चा हुर्काउने समय भएकाले सतर्क रहन आग्रह गरेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले यो समयमा चितुवाले मानिसमाथि आक्रमण गर्न सक्ने सम्भावना बढी भएकाले सचेत रहनुपर्ने बताए ।

    चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न उनले आग्रह गरे । चितुवाबाट बच्नका लागि घरगोठ उज्ज्यालो बनाउन र वस्तुलाई बचाउन गोठ बलियो निर्माण गर्न आग्रह गरिएको छ ।