भानुको कार्यपालिकामा नेकपा एसले पनि भाग पायो, सात काङ्ग्रेस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुको कार्यपालिकामा नेकपा एसले पनि भाग पायो, सात काङ्ग्रेस

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    भानु । तनहुँको भानु नगरपालिकाको कार्यपालिकामा नेपाली काङ्ग्रेसका सात र नेकपा एकीकृत समाजवादीका एक जना निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन नभएपनि कार्यपालिका सदस्यमा भने नेकपा एकीकृत समाजवादीले पनि भाग पाएको छ ।

    दलित÷अल्पसङ्ख्यकतर्फ नेकपा एकीकृत समाजवादीबाट राजु सुर्खाली कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसबाट रविन भुजेल र धनबहादुर विक निर्वाचित भएका छन् ।

    निर्वाचित वडा सदस्यबाट महिलातर्फ वृन्दा रानाभाट, प्रविना थापा, सावित्रा सुनार, सकिना खातुन र शान्ता लम्साल निर्वाचित भएका छन् ।