पृथ्वीराजमार्गको याम्पा र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको याम्पा र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७९, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

    बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

    “नियमित रुपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागेका हौ,” उनले भने ।

    सो समय अगाडी वा पछाडिमात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।