दुलेगौँडा । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु)ले मानविय विकासलाई ध्यान दिनुपर्ने बताएका छन् । उनले भने, ‘बाटो खन्ने र सडक कालोपत्रे गर्ने मात्रै विकास हैन् । मानविय विकासलाई पनि ध्यान दिनुपर्दछ । कृषि र युवा स्वरोजगारलाई जोड दिनुपर्नेछ’, उनले भने ।
युवा, महिला र दलितलाई रोजगारीसँग जोड्नुपर्नेमा उनको जोड छ । शुक्लागण्डकी–७ का टोल विकास संस्थाका पदाधिकारीसँगको साक्षत्कारलाई सम्बोधन गर्दै उपप्रमुख विकले आयआर्जनसँग जोड्न सके युवा पलायन रोकिने भएकाले नगरपालिकाले त्यसैमा जोड दिने बताए ।
उनको शुक्लागण्डकी वडा नम्बर ७ मा रहेको भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जेठ अन्तिम सातादेखी जग्गा नाप्ने काम सुरु हुने जानकारी दिए । आधुनिक प्रविधिबाट जग्गाको नापजाँच हुने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले मानविय विकास, शुसासन र पुर्वाधार विकासलाई सँगसँगै लैजानुपर्ने सुझाव दिए । यि तन पक्षलाई समेट्न सकेमा मात्र संघियताले परिकल्पना गरेको सुन्दर नगरपालिका बन्ने उनको भनाई छ ।