विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउनुपर्छ : पण्डित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउनुपर्छ : पण्डित

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७९, शुक्रबार

    दुलेगौँडा । शुक्लगण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले विकासलाई अधिकतम जनताको पहुँचमा पु¥याउने बताएका छन् । शुक्लागण्डकी–७ का टोल विकास संस्थाका पदाधिकारीसँगको साक्षत्कारलाई सम्बोधन गर्दै पण्डितले विकासका लागि बृहत्तर योजना बनाउने उल्लेख गरे ।

    कृषिमा संग्लन र पशुपालक किसनाको क्षमता अभिवृद्धी गर्दै आयाआर्जनमा बृद्धी गराउनुपर्ने उनको भनाई छ । ‘सबैभन्दा ठुलो समस्या रोजगारीको छ । राम्रो स्कुलमा भविष्य बन्छ भनेर पढाउछौँ । पढाई सकेपछि रोजगारीको अवसर नपाएर चिन्ता हुन्छ । यसमा नगरपालिका सचेत भएर रोजगारीलाई प्राथमिकता दिनेछौँ’, उनले भने । जनताको दुख आफ्नो दुख ठानेर सेवा गर्ने उनको अठोट छ । सम्बृद्ध र उज्यालो शुक्लागण्डकी बनाउने मेयर पण्डितको उद्घोष छ ।