देउरालीमा दुर्घटना : स्कूटर चालककाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउरालीमा दुर्घटना : स्कूटर चालककाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०७९, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार भएको दुर्घटनामा स्कूटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेकाे बन्दीपुर गाउँपालिका-१ निवासी २१ वर्षीय इश्वर क्षेत्री रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिप्पर र विपरित दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कूटर ठोक्किदा दुर्घटना भएको हो । स्कूटर टिप्परको अगाडीको भागमुनि छिरेको छ ।