


दमौली । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयॉ मन्त्री सिफारिस गरेपछि तनहुँकी सांसद कलिला खानले असन्तुष्टि जनाएकी छन् ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य खानले सोमबार सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएकी हुन् ।

उनले गैरसांसद शेरबहादुर कुवंरलाई मन्त्री सिफारिस गरिएकोप्रति टिप्पणी गर्दै भनेकी छन्, ‘गैरसांसद मन्त्री बनाउने भए किन सांसद बन्ने ? किन चुनाव गर्नुपर्ने ? यही हो समाजवाद ?’
उनले मन्त्री सिफारिसमा महिला नपरेकामा पनि असन्तुष्ट जनाएकी छन् ।