गण्डकी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०७९, मंगलवार

    पोखरा । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि गण्डकी सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । 

    मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

    गण्डकी सरकारले ‘प्रदेश सरकारको प्रतिबद्धता : मर्यादित महिनावारी र स्वच्छता’ भन्ने नारा लिँदै किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ । महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सरकारको नीति छ ।

    सुत्केरी आमा पोषिलो खाना कार्यक्रम तय गरी अति विपन्न सुत्केरीलाई ४५ दिनसम्मका लागि स्थानीय तहसँगको सहकार्यमा पोषण भत्ता उपलब्ध गराइनेछ ।

    सरकारले स्थानीय तहबाट ५० वर्ष उमेर पूरा भएका नागरिकको लागि ६/६ महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने नीति लिएको छ ।

    शिक्षाको हकमा एक विद्यालय–एक नर्स कार्यक्रम लागू गर्ने, प्राविधिक एस.ई.ई. अध्ययन गर्ने दलित समुदायका छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम क्रमशः सुरु गरिने उल्लेख छ ।

    दलित बस्तीको विकास : गरिबीको निकास सोचका साथ दलित बस्तीमा भौतिक र सामाजिक सुधार कार्यक्रममार्फत नमुना आदर्श बस्ती निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।

    गण्डकी-प्रदेश-आब-२०७९।८०-को-नीति-तथा-कार्यक्रम-