जिल्ला सभाको बैठक बोलाइयो, सदस्य सङ्ख्या निर्धारण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्ला सभाको बैठक बोलाइयो, सदस्य सङ्ख्या निर्धारण हुने

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७९, बुधबार

    दमौली। स्थानीय तहको निर्वाचन सकिएसँगै जिल्ला सभाको बैठक आव्हान गरिएको छ । जिल्ला समन्वय समिति तनहुँको निर्वाचन प्रकृयाका लागि जिल्ला सभाको वैठक आव्हान गरिएको हो ।

    दश स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष सभाका सदस्य हुन्छन् । जिल्ला सभामा २० सदस्य छन्।

    जिल्ला समन्वय अधिकारी थमनसिंह थापाका अनुसार बिहीबार सभा आव्हान गरिएको छ । जिल्ला सभाले सदस्य सङ्ख्या निर्धारण गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउनेछ ।

    जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख सहित नौ सदस्यीय बनाउने तयारी छ । सदस्य सङ्ख्या निर्धारण भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको निर्वाचन प्रकृया अगाडी बढाउने थापाले बताए ।