आँबुखैरेनीमा सडक भासियाे, पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा सडक भासियाे, पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामसाइडमा सडक भाँसिदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण सडक भासिँदा शुक्रबार बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    सडक मर्मत गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए। करिब २० मिटर सडक भासिएकाे छ ।