विकास निर्माणमा प्रतिबद्ध छौ : मन्त्री विक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकास निर्माणमा प्रतिबद्ध छौ : मन्त्री विक

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शनिबार

    भानु । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले विकास निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । भानु नगरपालिका-१ स्थित महिला विकास समितिले शनिबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विकले स्थानीयवासीको माग र आवश्यकतालाई ध्यानमा राखेर सरकारले विकासको काम गर्दै आएको बताए ।

    भानु नगरपालिकासँग समन्वय गरेर विकास अभियानलाई अगाडी बढाउने उनले बताए । तीन वटै तहका सरकारबीचको सहकार्यले मात्र विकास सम्भव रहेको उनको भनाई थियो।

    कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले स्थानीय तहबाट हुन सक्ने विकासको काम नगरपालिकाबाटै गरिने बताए ।