आन्तरिक मामिला मन्त्रीद्वारा सशस्त्र गणको निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आन्तरिक मामिला मन्त्रीद्वारा सशस्त्र गणको निरीक्षण

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शनिबार

    भानु । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले तनहँुँको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी गणको शनिबार निरीक्षण गरेका छन् । मन्त्री विकले गणभित्र रहेको मेस, शौचालय, प्रहरी जवान बस्ने आवास गृह लगायतको निरीक्षण गरेका हुन् ।

    मन्त्री विकलाई गणपति एवं प्रहरी उपरिक्षक सूर्य आचार्यले गणको अवस्थाका बारेमा जानकारी गराएका थिए । सो क्रममा आचार्यले शौचालय र आवासगृह जीर्ण भएको हुँदा वर्षाको बेला पानी चुहिने समस्या रहेको मन्त्री विकलाई अवगत गराए ।

    निरीक्षण पश्चात् मन्त्री विकले प्रहरीलाई स्रोत साधन सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै गणका लागि गर्न सकिने सहयोगका विषयमा आफू गम्भीर रहेको बताए ।