दमौली । बन्दीपुर गाउँपालिका-१ मा राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिने भएको छ। वडाका १० वटा टोलका सर्वसाधारणलाई लक्षित गरी वडा कार्यालयमा विवरण संकलन गर्न लागिएको हो ।
जेठ ३० देखि असार ११ सम्म विवरण संकलन गरिने वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । व्यवस्थित रुपमा सञ्चालनका लागि सबै टोललाई दिन निर्धारण गरिएको उनले बताए ।