समन्वय समितिका निवर्तमान उपप्रमुखलाई पुत्रशोक, वरिष्ठ नेताद्वारा शोक व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय समितिका निवर्तमान उपप्रमुखलाई पुत्रशोक, वरिष्ठ नेताद्वारा शोक व्यक्त

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमौली । जिल्ला समन्वय समिति तनहुँका निवर्तमान उपप्रमुख पवित्रा पौडेललाई पुत्रशोक परेको छ । व्यास नगरपालिका–३ देउरालीनगर घर भई हाल काठमाडौ निवासी प्रविण पौडेलको मङ्गलबार निधन भएको हो । स्व. पौडेल हिमाल मिडियाका महाप्रबन्धक समेत थिए ।

    यसैबीच पौडेलको निधनमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेसका महासमिति सदस्य, नेपाल महिला सङ्घ तनहुँका सभापति समेत रहेकी पवित्रा पौडेलको ज्येष्ठ छोराको निधनले आफूलाई स्तब्ध बनाएको पौडेलले उल्लेख गरेका छन् ।

    मृतआत्माको चीरशान्तिको कामना गर्दै वरिष्ठ नेता पौडेलले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।