सिमलटार-बागभन्ज्याङ मार्गमा टिप्पर चलाउन रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सिमलटार-बागभन्ज्याङ मार्गमा टिप्पर चलाउन रोक

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    दमौली । व्यास नगरपालिका-४ स्थित सिमलटार-बागभन्ज्याङ मार्गमा सर्वसाधारणले टिप्पर चलाउन रोक लगाएका छन् । वीरता टोल विकास संस्था र वेदव्यास टोल विकास संस्थामा आबद्ध स्थानीयवासीले यस मार्गमा शनिबार टिप्पर चलाउन रोक लगाएका हुन् ।

    लामो समयदेखि यहॉबाट टिप्पर चल्दा बाटो बिग्रेको र बुल्दीखोलाको पुल पनि जोखिममा परेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । ‘ओभरलोडका कारण पुल जोखिममा परेको छ, टिप्परकै कारण बाटो पनि ठाउँ ठाउँमा बिग्रिएको छ,’ उनले भने, ‘सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’