दमौली । तनहुँको भानु नगरपालिका–८ स्थित बलिफाँटमा सडक भासिँदा डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आइतबार बिहान सडक भासिएपछि डुम्रे–वेशीशहर सडखकण्ड अवरुद्ध भएको हो ।
वर्षाले सडकको आधाभन्दा बढी भाग भासिएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । सडक भासिएको ठाउँमा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्ने तयारी गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।
“सडक डिभिजन कार्यालयसँग समन्वय गरेर ह्युमपाइप राखेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ,” उनले भने ।