कार्यकर्ताले नेताकाे मूल्याङ्कन गर्नुपर्छ : वरिष्ठ नेता पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कार्यकर्ताले नेताकाे मूल्याङ्कन गर्नुपर्छ : वरिष्ठ नेता पाैडेल

    खबरपुञ्ज संवाददाता

    ४ असार २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले कार्यकर्ताले नेताकाे मूल्याङ्कन गर्ने बेला आएकाे बताएका छन् ।

    व्यास नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेताले मात्रै कार्यकर्ताकाे मूल्याङ्कन नगरी अब कार्यकर्ताले पनि नेताकाे मूल्याङ्कन गर्नुपर्ने बताए । नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले छुट्याउनुपर्ने पाैडेलकाे भनाई थियाे ।

    सो अवसरमा व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै लगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गरिएको छ ।