कांग्रेस तनहुँको निर्णय : समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग निवेदन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँको निर्णय : समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग निवेदन माग

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेस तनहुँले जिल्ला समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग निवेदन माग गरेको छ । पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सोमबार बसेको बैठकले समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग जेठ ९ गतेभित्र निवेदनका लागि सूचित गर्ने निर्णय गरेको हो ।

    समन्वय समितिको निर्वाचनका लागि असार १२ गते उम्मेदवारी दर्ता र १३ गते मतदानको कार्यक्रम छ ।

    बैठकले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भए लगत्तै हालै सम्मन्न स्थानीय निर्वाचनको समिक्षा र विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

    बैठकले काठमाण्डौं, पोखरा, चितवन र नवलपुरमा पार्टीको सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीको कार्ययोजना सम्वधमा, पार्टी संगठन, उदेश्य र रणनीति जस्ता बुदामा समेटिएको चार वर्षीय कार्ययोजना स्वीकृत गरिएको वाग्लेले बताए ।