बाढीले क्षति पुर्याएकाे स्थानमा निरीक्षण गर्दै वरिष्ठ नेता पाैडेल (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीले क्षति पुर्याएकाे स्थानमा निरीक्षण गर्दै वरिष्ठ नेता पाैडेल (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७९, सोमबार

    दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका वडा नम्बर ११ मा बाढीले क्षति पु¥याएका स्थानकाे साेमबार अवलाेकन तथा निरीक्षण गरेका छन् । एक साता अघि वर्षाका कारण बाढी पहिरोले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन् ।

    वरिष्ठ नेता पौडेल सहितको टोलीले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसल लगायतका स्थानको अबलोकन गरेकाे हाे । भानु ११ को स्याउदे खोलाको नवनिर्वित पुलको क्षतिको अवलोकन, रूपाकोट स्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयकाे घर जोखिम भएको स्थानको वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन् ।

    क्षति भएको क्षेत्रको अवलोकन गर्दै पौडेलले असार भित्रै तारजाली हालेर अहिले तत्कालका लागि तटवन्धको व्यवस्थापन गर्ने काम गर्न निर्देशन दिए । ढाँडखोलामा आएको बाढी नियन्त्रणका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर तटवन्ध गरिने पौडेलले बताए ।

    अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तारजाली लगाउने र खेतमा पानी पुर्याउनका लागि पाइपको व्यवस्था गरेर पानी पुर्याउने पौडेलले बताए । पौडेलले ढाँडखोलाले बगाएर वेपत्ता भानु ११ का चन्द्र बहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग समेत गरे । त्यस्तै भानु ११ सुन्दर बस्तीका अर्जुन कुँवरको भत्किएको घरको समेत अवलोकन गरेर परिवारलाई सान्त्वना दिए ।

    सिंचाई डिभिजन कार्यालय तनहुँका प्रमुख रमेश राज शर्माले जंगलबाट आएको पहिरोले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटवन्ध निर्माण गरिने बताए । त्यसपछि विस्तारै दिर्घकालिन रुपमा योजना बनाएर तटवन्ध गरिने उनले बताए ।

    भानु ११ का वडा सदस्य अजय थापाले बाढीले भानुको टुहुरेपसल क्षेत्रमा ठूलाे क्षति पुगेको बताए । उक्त अवलोकनमा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, सिचाई डिभिजन कार्यालय तनहुँका प्रमुख रमेश राज शर्मा, नेपाली कांग्रेस तनहुँका पुर्व पार्टी सभापति रघुनाथ पौडेल, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, कांग्रेस नेता टेकबहादुर गुरुङ लगायत स्थानियको सहभागीता थियो ।

    यसैबीच वरिष्ठ नेता पौडेलले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसंग फोन सम्पर्क गरेर उक्त ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकोले तटवन्धनका लागि तत्काल व्यवस्था गर्न समेत आग्रह गरे ।