पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा दमौलीमा राँके जुलुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा दमौलीमा राँके जुलुस

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७९, बिहीबार

    दमाैली । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा दमौलीमा बिहीबार साँझ राँके जुलुस निकालिएको छ । राष्ट्रिय युवा संघ तनहुँले मूल्यवृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको हो ।

    वर्तमान सरकारले पटक–पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मदन तिमिल्सिनाले आरोप लगाए । मूल्यवृद्धि फिर्ता नलिए अझ सशक्त आन्दोलन गरिने उनले बताए ।