म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि रु ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित बाह्रौ गाउँसभाको अवसरमा उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
जसअनुसार पूर्वाधार विकासमा पँुजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालुतर्फतर्फ रु ५७ लाख ३९ हजार ६ सय ९० गरी रु १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ प्रस्ताव गरिएको छ ।
आर्थिक विकास समिति अन्र्तगत पुँजीगत तर्फ रु ती करोड २३ लाख ८० हजार र चालुतर्फ रु दुई करोड २८ लाख २० हजार गरी रु पाँच करोड ५२ लाख प्रस्ताव गरिएको छ ।
सामाजिक विकास समिति अन्र्तगत पुँजीगततर्फ रु सात करोड ७४ लाख र चालुतर्फ रु ३० करोड ५५ लाख ७६ हजार गरी रु ३८ करोड २९ लाख ७६ हजार प्रस्ताव गरिएको छ । सुशासन तथा संस्थागत विकास अन्तर्गत चालुतर्फ रु सात करोड ४ लाख ५० हजार र पुँजीगततर्फ रु ४१ लाख गरी रु सात करोड ४५ लाख ५० हजार प्रस्ताव गरिएको छ ।
वन, वातावरण तथा विपद व्यवस्थापन अन्र्तगत चालुतर्फ रु दश लाख र पुँजीगततर्फ ४० लाख गरी रु ५० लाख प्रस्ताव गरिएको छ ।
आयतर्फ वित्तीय समानीकरणको सङ्घीय सरकारबाट रु दश करोड ९२ लाख, सशर्त अनुदान चालु रकम सङ्घीय सरकारवाट १४ करोड ८७ लाख, सशर्त अनुदान पुँजीगतबाट रु एक करोड ८४ लाख, राजश्व बाँडफाँटबाट रु आठ करोड ४९ लाख ६७ हजार, विशेष अनुदान चालु रकम सङ्घीय सरकारबाट रु दुई करोड, समपुरक अनुदान रकम सङ्घीय सरकारबाट रु दुई करोड ९० लाख, वित्तीय समानीकरण रकम प्रदेश सरकारबाट रु एक करोड २१ लाख २३ हजार, राजश्व बाँडफाँट रकम प्रदेश सरकारबाट रु ५४ लाख नौ हजार हुने प्रक्षेपण गरिएको छ ।
सशर्त अनुदान रकम प्रदेश सरकारबाट रु ५० लाख, समपुरक अनुदान रकम प्रदेशबाट रु ५० लाख, आन्तरिक आयबाट रु छ करोड आठ लाख ३० हजार छ सय ७५, आन्तरिक सर्ने अल्याबाट रु चार करोड ६९ लाख १५ हजार छ सय ९०, ०७८।०७९ को अल्या कोभिड कोषबाट रु दश लाख, सामाजिक सुरक्षाबाट रु १३ करोड ६० लाख, लागत साझेदारीमा नागरिकबाट जम्मा हुने जनसहभागिता रकमबाट रु एक करोड ५० लाख, गैससबाट परिचालन हुने रु दश लाख, कृषि भिसिडीपि कार्यक्रमबाट रु दश लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ६० लाख ५० हजार, सडक बोर्ड आय सङ्घीय सरकार मार्फत् रु २१ लाख, मालपोतको बाँडफाँट हुने रजिष्टेशन दस्तुर तनहुँ मालपोतबाट रु दुई करोड, शुक्लागण्डकी नगरपालिकाबाट पुल निर्माणका लागि प्राप्त हुने रु २० लाख प्रक्षेपण गरिएको छ ।
यो प्रस्तावमाथि दफावार छलफलका लागि असार १७ गते अर्को बैठक बोलाइएको छ ।