दमाैली । लक्ष्मी बैंकदमौली शाखाले व्यास नगरपालिका वडा नम्बर ५ वडा कार्यालय परिसरमा शुक्रबार वृक्षारोपण गरेको छ। साेक्रममा आँप र लिचीका बिरुवा राेपिएकाे छ ।
वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ(हिमाल), लक्ष्मी बैंक दमौली शाखाका शाखा प्रबन्धक सुमन तिम्सिना, ए.आर. एम. केशर थापा, दिवाकर भट्टराई, टि.यस्. वो. सोनुका श्रेष्ठ, उज्वल आचार्य, अनोज थापा लगायत बैंक कर्मचारी, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि साथै स्थानीयको सहयोगमा दर्जन फलफूलका बिरुवा रोपिएको थियो।
लक्ष्मी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रीन सेभिङ्ग खाता खोल्ने ग्राहकको संख्या अनुसार हरेक वर्ष त्यसै अनुरूप वृक्षारोपण गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरेको शाखा प्रबन्धक सुमन तिमिल्सेनाले बताए।
वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ(हिमाल)ले धार्मिक मूल्य र मान्यताअनुसार वृक्षारोपण कार्यले पुण्य प्राप्त हुने हुँदा यस्ता कार्यक्रम आगामी दिनमा ल्याउन बैंकलाई सुझाव दिएका थिए ।