पहिराले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७९, शनिबार

    दमौली । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनीटार सडकखण्ड सुचारु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित तुरतुरेमा शनिबार बिहान पहिरा खस्दा अवरुद्ध भएको उक्त खण्ड सुचारु भएको हो ।

    शुक्रबार रातिदेखि परेको वर्षाका कारण पहिरा खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो । सडकभन्दा माथिबाट खसेका पहिरा हटाएर राजमार्ग सुचारु गराइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    राजमार्ग सुचारु भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।