क्यान्सर पीडित व्यवसायीलाई संघको १ लाख २५ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित व्यवसायीलाई संघको १ लाख २५ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, शनिबार

    दमौली । क्यान्सर पीडित व्यवसायी वरुण भट्टराईको उपचारका लागि तनहुँ उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ विमलनगर इकाईमा आबद्ध भट्टराईको उपचारमा सहयोग पुर्याउन सङ्घले एक लाख २५ हजार सहयोग गरेको हो ।

    उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार इकाई सभापति मार्फत् हस्तान्तरण गरेका छन् । व्यवसायीलाई दुख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको श्रेष्ठले बताए ।

    सङ्घले स्थापना गरेको भलाई कोष मार्फत् उक्त रकम सहयोग गरिएको हो । भलाई कोष मार्फत् सङ्घले विरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ।