मृगौलाको रोगी अनितालाई २५ हजार आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मृगौलाको रोगी अनितालाई २५ हजार आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ असार २०७९, सोमबार

    दुलेगौंडा । दुवै मृगौला फेल भएर लामो समयदेखि उपचाररत शुक्लागण्डकी-५ बेलचौताराकी अनिता सुवेदीलाई आर्थिक सहयोग गरिएको छ । पन्चमुनिदेव माविबाट २०६० सालमा एसएलसी दिएका विद्यार्थीहरुको समूहले सुवेदीको उपचारमा सघाउन सहयोग गरेका हुन ।

    २५ हजार ८६५ रुपैयाँ नगद सहयोग गरेको सन्तोष प्रधानले जानकारी दिए । उनका अनुसार देश विदेशमा रहेका सहपाठिसँग रकम संकलन गरेर सहयोग गरिएको हो ।  सुवेदीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सघाउनलाई सहयोग गरेको उनले बताए ।