आमाबाट कुटिएर घाइते बालकलाई तनहुँ कलाकार संघको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आमाबाट कुटिएर घाइते बालकलाई तनहुँ कलाकार संघको सहयोग

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७९, मंगलवार

    दमौली । आमाबाट कुटिएर घाइते तनहुँको शुक्लागण्डकी नगरपालिका-१० का ६ वर्षीय सागर नेपालीको उपचारार्थ तनहुँ कलाकार संघले आर्थिक सहयोग गरेको छ ।

    आमा टिकादेवी नेपालीको कुटाईबाट घाइते सागरको उपचारमा सहयोग पुर्याउन संघले ५ हजार सहयोग गरेको हो। संघका अध्यक्ष कृष्णप्रसाद गौतमले पोखरास्थित अस्पतालमा पुगेर उक्त रकम प्रदान गरेका छन् ।

    छोरा कुट्ने आमा इलाका प्रहरी कार्यालय बेलचौताराको हिरासतमा छिन् । उनले अगुल्टोले टाउकोमा पटक-पटक हानी छोरालाई घाइते बनाएकी थिइन् ।