दमौली । तनहुँको भिमाद नगरपालिका-९ स्थित भित्री मोटरमार्गमा कालोपत्रे गरिएको छ । उक्त वडाको चिहानडॉडा मोहरिया र सुनारीथर पर्यटन कटनछाप मोटरमार्ग कालोपत्र गरिएको हो ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङको पहलमा मोटरमार्ग कालोपत्र गरिएको हो ।
चिहानडॉडा मोहरिया मोटरमार्गको १९०० मिटर कालोपत्रे गरिएको छ। प्रदेश सरकारको समपुरक र नगरपालिकाको साझेदारीमा मोटरमार्ग कालोपत्रो गरिएको निवर्तमान वडाध्यक्ष एवं नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान थापाले जानकारी दिए ।
सुनारीथर पर्यटन कटनछाप मोटरमार्ग प्रदेश सभा सदस्य समेत रहेका गुरुङको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् कालोपत्रे गरिएको हो । २५ लाख लागतमा ४८० मिटर कालोपत्रे गरिएको छ ।
मु्ख्यमार्ग भन्दा बाहिर सुनारीथर मार्गमा पहिलो पटक कालोपत्रे गरिएको थापाले जानकारी दिए ।
मोटरमार्ग कालोपत्रे भएपछि सर्वसाधारणलाई सहज भएको छ । कालोपत्रे नहुँदा घाम लाग्दा धुलो र वर्षामा हिलोले सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।