व्यासका मेयर उम्मेदवार जोशी भन्छन् : सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गर्नेको छानबिन गर्नुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका मेयर उम्मेदवार जोशी भन्छन् : सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गर्नेको छानबिन गर्नुपर्छ

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले दमौलीको सार्वजनिक जग्गा हडप्नेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत् जोशीले २०४८ सालयता दमौलीको सबै सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरिएको बताएका हुन् ।

    दरै, बोटे र कुमालहरूले आर्जेको सबै जग्गा सामन्तीहरुले हडपेर आफ्नो नाममा बनाएको जोशीले आरोप लगाएका छन् । उनले भनेका छन्, “यसको छानबिन हुनुपर्छ । बेथितिको विरुद्ध निस्कने आवाज किन त्यति चर्को छैन ? सर्वहारावर्गको मुठ्ठी एक भयो भने चट्टानको चोट दिन सकिन्छ र पनि किन मौन छौँ हामी? आज नबोले कहिले बोल्ने? तपाइँले नबोले कसले बोल्ने ?”

    उनले सार्वजनिक जग्गा हडप्नेलाई बहिष्कार गर्न आव्हान गरेका छन् ।