देशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, बिहीबार

    काठमाडाै । देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको बिहीबारकाे बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।

    राष्ट्रियसभाको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखे। मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताए।

    विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उनले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।