डिआइजी जाेशीद्वारा जिप्रका तनहुँ निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिआइजी जाेशीद्वारा जिप्रका तनहुँ निरीक्षण

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, शुक्रबार

    दमाैली । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीले प्रहरी कर्मचारी २४ सै घण्टा परिचालन हुनुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको शुक्रबार निरीक्षण गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले जनताको सेवामा प्रहरीले व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताए ।

    जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकाले २४ घण्टा चनाखो बन्न डिआइजी जोशीले निर्देशन दिए । जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

    सो अवसरमा प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मीले प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा डिआइजी जोशीलाई जानकारी गराएका थिए ।

    डिआइजी जोशीले प्रहरी कार्यालयमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेस, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गरेका थिए ।