संघीय गणतन्त्र स्थापना पाश्चातको नेपालको राजनितीलाई नजिकवाट नियाल्ने हो भने राजनितीमा चर्को अवसरवाद वाहेक अन्य पाईदैन । राजनिती जव स्वार्थ र अवसरमा केन्द्रित हुन्छ, विभिन्न नाटक मंचन भईरहन्छन् । देश र जनताका नारा रट्नेहरुको चर्को अवसरवादले नेपाली जनतालाई मात्र होईन । विश्व राजनितीको समेत ध्यान खिचेको छ । आखिर राजनिती यति धेरै अवसरवादको भ¥याङ्ग वन्यो ? यसमा अव धेरै घोत्लिन जरुरी छैन । देशका सिमित नेताको केही समयको गतिविधीलाई नियाल्ने हो भने छर्लङ्ग देखिनेछ ।
नेपालको सन्र्दभमा जनता कम र कार्यकर्ता धेरै वन्नु नै राजनितीमा नेताहरुको दास मनोवृत्ति हावी वनिदियो । जव जनता जनता रहदैनन, स्वतन्त्र र सार्वभौम रहदैन, त्यसमा हुने भनेको यहि नै हो । किनकी देश गुलामीमा चलेको छ । यो गुलामीको रोग कार्यकर्तामा ज्यादा भएता पनि यो सिधै देखिदैन भने नेताको अवसरवादको नमुना भने प्रष्ट देखिन्छ, यसका वावजुद पनि गुलामी मानसिकताले ढाकछोपमा तल्लिन देखिन्छ । यहि नै देश र जनताको दुर्भाग्य हो ।
देश र समाज परिवर्तनमा सवैको एउटै छ । जनताको नाममा लुट्ने, यसका लागी कार्यकर्तामा गुलामी र दास प्रवृत्ति हावी गराउने । यहि प्रयासमा सफल नेपालको नेताहरु सफल वनिदिदाँ जनता खाडीमा र नेता कुर्चिमा आसिन रहने प्रवृत्ति रहिरहयो । देशलाई समृद्ध वनाउने अभियानमा लागेर धेरैको परिवार उजाडेका प्रचण्ड राजनितीको केन्द्रमा छन् । प्रचण्डको शान्ति वार्तामा आईसकेपछि देशका कार्यकारी पदमा रहे देखि हालसम्म हेर्ने हो भने देश र जनताको पक्षमा छैन, तर पनि जनतालाई उल्लु वनाउन अभ्यस्त छन् र सफल पनि छन् । जुन हालै सम्पन्न भएको स्थानिय तहको निर्वाचनको परिणामले पनि पुष्टि गर्दछ । राजनैतिक दस्तावेजमा सवैभन्दा ठुलो प्रधनाशत्रु देखेका नेपाली काग्रेस अहिले प्रचण्डका लागी शक्तिमा रहिरहने भरपर्दो माध्याम वनेको छ । जसको शासन पद्धती र जसको विचारसँग असहमत भएर लामो समय संघर्ष गरयो माओवादी , आज उसैको वैशाखी वनेर पुन प्रधानमन्त्री वन्ने लालचामा गुलामी राजनितीमा अभ्यस्त छ । यो भन्दा लज्जाको विषय के हुन सक्दछ ?
राजनीति संभावनाको खेल यसै भनिएको रहेनछ, यहि सम्भावना भित्र चित्र, विचित्र रहेको हुने रहेछ । यहि चित्र विचित्रको ललिपपमा भुल्ने जनता जवसम्म रहिरहनेछ, प्रचण्डका ग्याण्ड डिजाईन सक्रिय रहिरहनेछ । अनुकुलताका लागी जता पनि परिवर्तनका व्याख्या गर्न सक्ने प्रचण्ड आज सवैभन्दा नजिकका पात्र भनेका देउवा हुन् । यीनिहरुको सवैको ध्येय भनेको गठवन्धन गर्ने, संसदमा ठुलो दल वन्ने र शासन सत्ता हातमा लिने । यो भन्दा पृथक योजना सुनाउनु भनेको दास कार्यकर्तालाई मुर्ख वनाउनु शिवाय अन्य केही होईन ।
कर्ममा भन्दा भाग्यमा विश्वास गर्ने देउवा जसरी पनि प्रधानमन्त्रीमा आसिन हुन नै राजनिती ठान्दछन् । हिजो जनयुद्धमा सवैभन्दा निशानामा परेका नेपाली काग्रेसका नेता कार्यकर्ताहरु आज प्रचण्डका भक्त वनेका छन् किनकी देउवाले प्रचण्डका प्रशंशा गरिदिन्छन् । गठवन्धन विना जित्न सकिदैन भन्ने धम्कि दिन्छन् । पार्टी र संगठन मजवुत वनाउन भन्दा पनि गठवन्धन गरेर जित्ने र ज्योतिषीले भनेझै पुन प्रधानमन्त्री वन्ने ध्येय देउवाको हो । यति धेरै प्रष्ट हुदाँ हुदै पनि विद्रोह गर्न नसक्नु भनेको दास मानसिकताको उपज हो । यहि दास मानसिकता भित्र रहेर अवसरवादमा रम्ने र रमाउनेहरुको भीडले अन्तत्वगत्व राजनितीका र पनि नवुझेका सिमित जनताहरु र देश नै भड्खलामा फस्दै गएको छ । हिजो सम्म शुसासन र विधि पद्धतीको नारा ओकाल्ने रामचन्द्र आज देउवा र प्रचण्डका ललिपपमा भुलेका छन् । लामो समय सत्ता र शक्तिमा रहेर पनि गृह जिल्लाको आफनै निर्वाचन क्षेत्रमा व्यापारी किशान सँग पराजय भोगको पौडेल अझै पनि जनता ढाट्न सक्रिय छन् । विगतको समिक्षा भन्दा पनि गठवन्धन गरेर जिताईदिने अभिष्ट पालेका पौडेलका हालको गतिविधि सत्ता र शक्तिको खातिर भन्दा अन्यथा हुन सक्दैन । पार्टीभित्र रहेर सधै विधि र पद्धतीमा पार्टीमा ओकालत गरेका पौडेल अहिले देउवाको सारथी वनेका छन्, देउवाका छाँया वनेका छन् । यसभित्रका चित्र विचित्र भित्र जनताको आवश्कता र समृद्ध नेपालको परिकल्पना पाईदैन ।
वौद्धिकताका मापन लगाएका वावुराम जनयुद्धकालमा जति लोकप्रिय थिए । शान्ति प्रक्रियामा आईसकेपछि वावुरामको क्रान्तिकारीता पनि भिन्न हुन सकेन । विचार र दृष्टिकोणमा अव्वलता पनि केवल शक्ति र सत्ताका लागी मात्र रहेछ भन्ने वावुरामले पनि पुर्नपुष्टि गरे । विचार र दृष्टिकोण अविचलित र निडर हुनुपर्ने हो, तर वावुराम आफनै विचारधारामा प्रष्ट हुन सकेन । जसले गर्दा माओवादी, नयाँशक्ति र विभिन्न शक्ति हुदै जसपा वाट पनि निष्काशित भएका छन् । यति धेरै अस्थिर पात्र मधेशवादी पार्टीमा पनि देखिएको थिएन । वावुराम शक्ति र अवसरका लागी राष्ट्रिय पार्टी हुदै, जातिय, क्षेत्रिय पार्टी हुदै सडकमा आईपुगेका छन् । सडकमा आईपुगेपछि छुट्टै क्रान्तिकारीता पलाएका वावुराम अव देश र जनताको विश्वासका पात्र वन्न सक्दैनन् । शक्ति र सत्तामा रहदाँ देश र जनताका याद नआउने नेताहरुको सम्पुर्ण ध्येय अवसरवाद शिवाय अन्य हुन सकेन । जुन विभिन्न कालखण्डमा प्रस्फुटित भईसकेका छन् ।
सधै मान चाहिने माधव कुमार नेपाल पुन मान पाउन नसक्ने गरि अपमानित वनेका छन् । प्रन्ध वर्षसम्म एमालेका महासचिव वनेका माधव नेपाल केपी ओली एमालेका अध्यक्ष वनेपछि अपमानित वनि अनेकौ जालझेल गरेर केही समेत राहत महशुश गरेपनि अन्तत्वगत्व सडकमा नै आईपुगेका छन् । आफु पदमा रहदाँ पनि मान सम्झने माधव नेपाल देशलाई अस्थिर राख्ने पात्र मध्येका एउटा पात्र हुन् । जसको विगत देश र जनताप्रति कहिल्यै वफादार वनेन । अध्यक्ष प्राप्तिका लागी समाजवादी गठन गरेर केही समय रापतापमा अडेका माधव मन्त्री परिवर्तनमा अपमानित हुनु परेपछि राजनितीको सवैभन्दा पीडाका क्षणमा छन् ।
अवसरवाद आफुमा मात्र रहेनछ, कार्यकर्तामा पनि रहेछन भन्ने कुरा माधव नेपालले मन्त्री परिवर्तनमा देखिएको व्यवहारवाट सिकेको हुनुपर्दछ । विचार, दृष्टिकोण र पार्टीको दस्तावेज जव अनुकुलतामा स्वखलित हुन्छ, त्यसपछि पतनको दिशामा उन्मुखता नै एकमात्र विकल्प हो । माधवको वाटो यहि हो । यसैमा नै देश र जनताको भलो हुनेछ ।
विचारमा अडिग र राष्ट्रिय राजनितीमा गहिरो छाप वनाएका केपी ओली राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान वनाएता पनि उनी पनि अवसरवादवाद अछुतो छैनन । ओली आफैमा अवसरवादी नभएता पनि पार्टीभित्रका अवसरवादीका कारण ओलिचित वने । नजिकका विश्वासपात्र वाट धोका खाएर आम नेपाली जनताको नजरमा अवसरवादी र भष्ट्र देखिएका ओलीको राष्ट्रिय राजनितीमा खेलेको भुमिका सवै देश र जनताको हितमा हुन सकेन । शक्ति र सत्ताका लागी नेकपा एमाले र ओलीले खेलेको भुमिकालाई सकारात्मक मान्न सकिदैन । अनुकुल व्याख्याता ओलीको पनि सकारात्मक देखिएन । विपक्षीलाई जसरी पनि सक्ने मानसिकतामा फसेका ओली पार्टीको दृष्टिकोण र देशको आवश्यकता भन्दा पनि कुर्चिमोहले खेलेको भुमिकाले विवादित वने । भलै ओली व्यक्तिगत रुपमा प्रष्ट भएता पनि अवसरवादको कसीमा सफल हुन सकेनन् ।
देशमा जनता जवसम्म आत्मनिर्भर वन्दैनन । स्वार्थ र अवसरका गन्धले दास मानसिकता हावी वनिदिन्छ । यहि दास मानसिकताले गुलामी राजनितीलाई प्रशय गर्दछ र नेताहरुले यसका फाईदा लिदै जनतालाई मुर्ख वनाउने खेल खेलिरहन्छ, नेपालको सन्र्दभमा भएको यहि हो । शासन व्यवस्था परिवर्तन हुनु एउटा कुरा हो भने जनताको जीवनस्तर परिवर्तन अलग कुरा हो । जनताको न्युनतम आवश्यकता पुरा गर्न र समृद्ध नेपाल, सुखी नेपाली वन्नका लागी आत्मनिर्भर जनता वन्नुको विकल्प छैन । अवको हाम्रो वाटो यहि हुनुपर्दछ ।