छाब्दीमा साउनभर पूजाआजा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाब्दीमा साउनभर पूजाआजा बन्द

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०७९, आईतवार

    दमौली । व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा साउन महिनाभर पूजाआजा बन्द हुने भएको छ। एक महिना मन्दिरमा पूजाआजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    पॉच दिन धुप पनि नबालिने मन्दिरमा पॉच दिनपछि भने पूजारीले बिहान बेलुका धुप बाल्ने गर्छन् ।

    मन्दिरमा आउने भक्तजनलाई बाहिरैबाट दर्शनको व्यवस्था मिलाइने समितिका अध्यक्ष थानबहादुर थापाले बताए ।

    मनोकांक्षा पूरा हुने विश्वासका साथ यहॉ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।