म्याग्देको बजेट तथा खर्चको वार्षिक समिक्षा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको बजेट तथा खर्चको वार्षिक समिक्षा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७९, बिहीबार

    म्याग्दे । म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष ०७८।०७९ को बजेट तथा खर्चको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमामा आर्थिक वर्ष ०७८।०७९ मा भएको कार्यप्रगति तथा बजेट तथा खर्चको वार्षिक समिक्षा गरिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले गत आर्थिक वर्षमा पालिकाले ८० प्रतिशत कार्ययोजनाको कार्यान्वयन गरेको बताए ।

    कार्यक्रममा आर्थिक प्रगति, पशु सेवा शाखाको वार्षिक प्रतिवेदन, कृषि शाखाको प्रगति, प्रतिवेदन, शिक्षा शाखा अन्र्तगतको विवरण, शशर्त विनियोजित बजेट कार्यक्रम, अपाङ्गगताको विवरण, जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, उद्यम विकास कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम अन्र्तगतका प्रगति विवरणहरुको बारेमा समिक्षा गरिएको थियो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाध्यक्ष लगायत सहभागी थिए ।

    कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विगतको कामको समिक्षालाई अध्ययन गरी आगामी वर्षको बजेट बनाइएकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । सबैको सहयोग र सल्लाहले समृद्ध म्याग्दे बनाउन सकिने उनको भनाई थियो ।