दमाैली । जिल्ला समन्वय समिति तनहुँले व्यास नगरपालिका–३ मा रहेको आवास खाली गर्न पत्र दिएको छ । मालपोत कार्यालयको आडमा रहेको समन्वय समितिको आवास एक महिनाभित्र खाली गर्न पत्र दिइएको हो ।
साविक जिल्ला विकास समितिमा कार्यरत रहेका तर हाल अन्य कार्यालयमा कार्यरत रहेर जिससको आवास प्रयोग गरिरहेकाहरुलाई आवास खाली गर्न भनिएको समन्वय अधिकारी थमनसिं थापाले बताए । उनका अनुसार चार जनाको परिवारलाई एकमहिनाभित्र आवास खाली गर्न भनिएको छ ।
“पक्की भवनमा बस्दै आएका चार जनाको परिवारलाई आवास खाली गर्न भनेका छौ, समन्वय समितिकै कच्ची भवनमा बस्दै आएका कर्मचारीको हकमा भने अहिले केही निर्णय भएको छैन ।” कच्ची भवनको संरक्षण पनि हुने भएकाले अहिले त्यहाँ बस्दै आएकाहरुलाई भने नहटाइने थापाले बताए ।
समन्वय समितिको आवास प्रयोग गर्दै आएका कर्मचारीले एउटा कोठाको मासिक आठ सय भाडा तिर्दै आएका छन् ।